सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यता कति ?

अत्तरिया । केही दिन अघि गठित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको शैक्षिक योग्यता एसएलसीदेखि एमएसम्म रहेको पाइएको छ ।

प्रदेश सभा सचिवालयमा उल्लेखित सदस्यहरुको विवरणका आधारमा सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीमध्ये कोही एसएलसी, कोही प्रवीणता प्रमाणपत्र तह, कोही स्नातक र कोही स्नातकोत्तर तह अध्ययन गरेको देखिन्छ ।

मुख्यमन्त्री खगराज भट्टले आईएलसम्म अध्ययन गरेका छन् । उनले कानुन विषयमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका हुन् ।

नेकपाबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका खुसीराम डगौरा थारुले बीकम (स्नातक) सम्म अध्ययन गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पनि स्नातक तहसम्म अध्ययन गरेका छन् । सोही मन्त्रालयकी राज्यमन्त्री इन्दीरा गिरीले एसएलसीसम्म अध्ययन गरेकी छन् ।

यस्तै भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले स्नातक तहसम्म अध्ययन गरेका छन् । सोही मन्त्रालयकी राज्यमन्त्री जानकी देवी कुँवरले एसईईसम्म अध्ययन गरेकी छन् ।

नेकपा एमालेबाट आर्थिक मामिलामन्त्री बनेका चक्र मल्लले एमएसम्म अध्ययन गरेका छन् । आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बमले स्नातक तहसम्म अध्ययन गरेकी छन् ।

सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापाले प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.