अत्तरिया : रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित माया मेट्रो अस्पतालले ३ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो । धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित अस्पतालले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ ।
अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ । माया मेट्रो अस्पतालले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ ।