अत्तरियामा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च’को मेगा अडिसन सम्पन्न

अत्तरिया  : कैलालीको अत्तरियामा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च’ को मेगा अडिसन राउन्ड सम्पन्न भएको छ। अत्तरिया स्थित द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्।

विद्यालयस्तरमा भएको प्रारम्भिक राउन्ड पार गर्दै मेगा राउन्डमा करिब ४ सय विद्यार्थी सहभागी भएका आयोजकले जनाएको छ। प्रतिभाको सम्मान र नृत्यको पहिचान गर्ने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक द डान्स सर्कलका सञ्चालक तथा नृत्य प्रशिक्षक लोकेश बोहराले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूको व्यक्तित्व विकाससँगै उनीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताए।

प्रतियोगिता अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी, कोरियो राउन्ड, क्वाटरफाइनल, सेमिफाइनल र ग्रान्ड फाइनल गरी सात चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ। निर्णायकहरूको मूल्याङ्कन नै अन्तिम नतिजा हुने आयोजकले स्पष्ट पारेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार २० हजार १०५ रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार १०५ रुपैयाँ र तृतीय पुरस्कार १० हजार १०५ रुपैयाँ रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.