लालपुरमा सुदूर युवाक्लबको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन

अत्तरिया  : कैलाली गोदावरी नगरपालिका–७ लालपुर स्थित सुदूर युवा क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको छ।
रक्तदान गरौँ घाइतेको जीवन बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रम भदौ १० गते रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी घाइते भएका नागरिकको उपचारमा सहजता पुर्याउने उद्देश्यले आयोजना गरिएको क्लबका अध्यक्ष सान परियारले जानकारी
दिए।

रक्तदान कार्यक्रम शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म लालपुर चोकमा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय युवालगायत विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.