बाजुरामा उच्च रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा  : बाजुरामा सुत्केरी भएर उच्च रक्तश्रावका कारण ज्यान नै जोखिममा भएकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार बिहान जिल्लाको गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

रोकायालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएकी रोकायाको रक्तश्राव उच्च रहेको र शरीरमा ६ प्वाइन्ट रगत भएको तथा अन्य रोगलेसमेत आक्रमण गरेर जटिल अवस्था भएको पत्रानुसार महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको हो ।

गौमुल गाउँपालिका–५ मा रहेको आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी भए पनि रगत बग्न नरोकिएपछि आफन्तले ९ दिनपछि मात्र उपचारका लागि जिल्ला अस्पताल बाजुरा पु¥याएका थिए । अस्पतालमा उपचारका लागि सोमबार इर्मेजेन्सीमा आएपछि रक्तश्राव उच्च रहेको र अवस्था जटिल भएपछि चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । उनका अनुसार सुत्केरी महिलाको ज्यान नै जाने अवस्था देखिएपछि चिकित्सकको सल्लाहपछि थप उपचारका लागि रेफर गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.