कैलाली–४ मा कांग्रेस सभापतिमा कुँवर र कार्कीको उम्मेदवारी, आज निर्वाचन हुँदै

अत्तरिया  : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति पदका लागि विजय कुँवर र सुरत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीय अधिवेशनअन्तर्गत सोमबारदेखि उम्मेदवारी दर्तासहित निर्वाचन प्रक्रिया अघि बढाइएको हो । सभापति चयनका लागि क्षेत्र नम्बर ४ का करिब ७२५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन समितिले उम्मेदवारको सोमबार राति ९ बजे प्रकाशन गरेको हो । क्षेत्रीय सभापतिका लागि आज (मंगबालर) निर्वाचन हुने भएको छ । निर्वाचनका लागि अत्तरिया उद्योग वाणिज्य संघमा सम्पूर्ण तयार पुरा गरेको छ । आज विहान ८ बजे देखि निर्वाचन गर्ने कार्यतालिका रहेको जनाईएको छ ।

कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर ४ मा क्षेत्रीय अधिवेशनसँगै प्रदेश प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि सुरु भएको छ ।
क्षेत्रीय अधिवेशनबाट सभापतिसहित पदाधिकारी तथा प्रतिनिधिहरू चयन हुनेछन् । निर्वाचन प्रक्रियाका लागि आवश्यक तयारी पूरा गरी मतदानको प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.