दोधारा-चाँदनी झोलुङे पुल चुँडियो, आवतजावत रोकीयो

अत्तरिया  : महाकाली नदीमाथिको दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान झोलुङ्गे पुल चुँडिएर महाकालीमा नदीमा लर्तिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुलको पिल्लर भत्किएर पुल भाँचिएको हो । दोधारा चाँदनी नगरपालिका–४ स्थितमा महाकाली नदिमा रहेको झोलुङ्गे पुलको दोधारा तर्फको ५-६ मिटर बिचको भाग माथी उठेर बिहान आवतजावतमा समस्या भएको थियो।

लगत्तै पुलको पिल्लर समेत भत्किएर पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल चुँडिएपछि आवातजावत ठप्प भएको छ। यो झोलुङे दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुल हो।

हाल महाकालीमा पक्की पुल पनि निर्माण भएको छ। विगतको तुलनामा झोलुङे पुल भन्दा पक्की भएर नै आवतजावत गर्ने गरिएको छ। वर्षौँअघि निर्माण भएको झोलुङे पुल जीर्ण बन्दै गएको थियो। तर, कुनै पनि निकायले वास्ता गरेको थिइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.