नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ काे क्षेत्रीय सभापतिमा सुरत कार्की भारी मतान्तरले विजयी
महाधिवेशन प्रतिनिधिका लागि काे को भए बिजयी
अत्तरिया:- नेपाली कांग्रेसकाे १५औं महाधिवेसन अन्तर्गत कैलाली क्षेत्र नं ४ सभापतिमा सुरत बहादुर कार्की भारी मतान्तरले विजयी भएका छन्।
बिहीबार भएको सम्पन्न मतगणना बाट कार्कीले ४८७ मत पाएर विजयी भएका हुन्। यस्तै उनको विपक्षमा उठकेा विजय बहादुर कुँवरले ९७ मत पाएका थिए।
यस्तै महाधिवेशन प्रतिनिधिका लागी खूल्ला महिला तर्फमा तुलसी देवकोटाले ४५५, ईश्वरी कठायतले ४४०, ललिता पाठकले ३९६, ईश्वरी रावलले ३८५ मत पाएर निर्वाचित भएका हुन् ।
यस्तै खुल्ला तर्फमा गोरख विष्ट (आनन्द) ले ५६०, लोकराज पाण्डेय (आगो) ले ४५२ , ध्रुबराज भट्टराईले ३८८, बसन्त रोकायाले ३४६, खेम बहादुर साउँदले ३४४ , पुष्प राज जोशीले ३२९ ,विष्णु प्रसाद भाट ३०८ , भोज बहादुर बमले ३०६, पदम राज भट्ट २८१ र रोशन सिंह २८० मत पाएर निर्वाचित भएका छन्।
यसैगरी पेशागत विषयबिज्ञमा टेकराज अवस्थीले २९८,युवा महिलामा रोशनी शाहले ३४७, युवा खुल्लामा दिपक राजओझा ४०६ र भुवन महराले २५७, प्रजान्तन्त्र सेनानी बिक्रम बहादुर खड्काले ४१४ र आदिवासी जनजाति तर्फबाट यज्ञ बहादुर चौधरी ४७० मत पाएर निर्बाचित भएका हुन्।
सभापति र प्रतिनिधिहरुको सर्वसम्मत प्रक्रिया अगाडि नबढे पछी चुनाबी प्रक्रियामा गएको थियो।