नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को सभापतिमा सुरत कार्की भारी मतान्तरले विजयी

अत्तरिया  : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की भारी मतान्तरले विजयी भएका छन्।
बिहीबार सम्पन्न मतगणनामा कार्कीले ४८७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी विजय बहादुर कुँवरले ९७ मत प्राप्त गरेका छन्। यस्तै महाधिवेशन प्रतिनिधितर्फ खुला महिला समूहमा तुलसी देवकोटा ४५५, ईश्वरी कठायत ४४०, ललिता पाठक ३९६ र ईश्वरी रावल ३८५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

त्यस्तै खुला समूहमा गोरख विष्ट (आनन्द) ५६०, लोकराज पाण्डेय (आगो) ४५२, ध्रुवराज भट्टराई ३८८, बसन्त रोकाया ३४६, खेमबहादुर साउँद ३४४, पुष्पराज जोशी ३२९, विष्णुप्रसाद भाट ३०८, भोजबहादुर बम ३०६, पदमराज भट्ट २८१ र रोशन सिंह २८० मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

यसैगरी, पेशागत विषयविज्ञतर्फ टेकराज अवस्थी २९८ मत, युवा महिलातर्फ रोशनी शाह ३४७ मत, युवा खुलातर्फ दीपकराज ओझा ४०६ र भुवन महरा २५७ मत, प्रजातन्त्र सेनानीतर्फ विक्रमबहादुर खड्का ४१४ मत तथा आदिवासी जनजातितर्फ यज्ञबहादुर चौधरी ४७० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
सभापति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि सर्वसम्मत प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व तथा प्रतिनिधि चयन गरिएको हो।

निर्वाचित भएपछि क्षेत्रीय सभापति सुरतबहादुर कार्कीले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्कीले आगामी दिनमा विभाजित अवस्थामा रहेका नेता तथा कार्यकर्ता एकताबद्ध भइसकेको बताउँदै पार्टीलाई थप मजबुत बनाउन आफूले भूमिका खेल्ने बताए। उनले भने, “अब हामी एउटै मालामा उनिएका छौँ। एकताबद्ध भएर अगाडि बढ्नेछौँ। नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन लागिपर्नेछु। कसैलाई पनि अन्याय हुन दिने छैन।”

उनले कांग्रेसलाई बलियो संगठनका रूपमा स्थापित गर्दै प्रत्येक नेता–कार्यकर्ताको मनमा तथा टोल–टोल र गाउँ–गाउँमा पार्टीको उपस्थिति मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.