कैलाली कांग्रेसको सभापतिमा नेता नृपबहादुर सुनारद्वारा उम्मेदवारी घोषणा

धनगढी  : नेपाली कांग्रेस कैलालीको सभापतिमा नृपबहादुर सुनारले उम्मेदवारी घोषणा गरेका छन्। सुनारले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका सुनार हाल नेपाली कांग्रेस कैलालीका सचिव छन्। उनी कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन्।

उम्मेदवारी घोषणा गर्दै सुनारले जिल्ला सभापति बनेर कैलाली कांग्रेसलाई एकढिक्का बनाउने आफ्नो लक्ष्य रहेको बताए। पार्टीभित्रको एकता बलियो बनाउँदै संगठनलाई थप सुदृढ बनाउने उनले बताएका छन्। कांग्रेसको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने छ। सुनार सुदूरपश्चिम निती तथा योजना आयोगका पूर्वसदस्य पनि हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.