अत्तरिया : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दार्चुलाको अपिहिमाल गाउँपालिकामा अपिहिमाल पर्यटन उत्सव९२०८३ सुरु भएको छ ।
मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा मंगलबार अपिहिमाल गाउँपालिकास्थित अपि आधार शिविर ९अपि बेस क्याम्प० मा उत्सवको उद्घाटन सत्र सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल,आर्थिक मामिलामन्त्री चक्र मल्ल,भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी, प्रदेशका प्रमुख सचिव उत्तर खत्रीलगायत विभिन्न स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो ।
अपिहिमाल पर्यटन उत्सवले अपि हिमाल क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नुका साथै सुदूरपश्चिम प्रदेशको समग्र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अपिहिमाल गाउँपालिकाको आयोजनामा सुरु भएको उत्सव यही कात्तिक १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।