अत्तरियामा स्वास्थ्य युवा महोत्सव सुरु

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि ‘स्वास्थ्य युवा महोत्सव सुरु भएको छ । समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा आजदेखि स्वास्थ्य महोत्सव सुरु भएको हो।

स्वास्थ्य युवा महोत्सवमा लागुऔषध दुव्र्यसनी, बाँझोपन, हर्मनको गडबडी लगायत विभिन्न मानसिक तनावहरुका विषयमा प्रत्येक दिन विशेषज्ञहरुद्धारा परामर्श हुने भएको छ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीको अध्यक्षतामा सन्चालन गरिएको कार्यक्रमका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री खगराज भट्टको प्रमुख अतिथिमा उद्घाटन गरिएको हो। यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा प्रतिनिधि सभा सदस्य सांसद रमेश प्रसाईं, प्रदेश सांसद खेमा विष्ट , नगर प्रवक्ता गोपाल दत्त भट्ट लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

बुधबार देखि संञ्चालन भएको महोत्सव मंसिर ६ गते सम्म सञ्चालन हुने भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.