मल अभाव र धान खरिदमा सरकारले बेवास्ता गरेको कांग्रेस कैलालीको आरोप

धनगढी  : खेतीपातीको मुख्य समयमा रासायनिक मलको अभाव र सरकारले तोकेको समर्थन मूल्यअनुसार धान खरिद नभएको भन्दै नेपाली कांग्रेस कैलालीले सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै किसानले भोगिरहेका समस्याबारे सरकार गम्भिर हुन नसकेको जनाए । पत्रकार सम्मेलनमा जिल्ला कार्यवाहक सभापति भीम बडुवालले मलको अभाव, धानको उचित मूल्य नपाएको अवस्था र कृषि अनुदान वितरणमा देखिएका समस्याबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन।
सभापति बडुवालले खेती लगाउने समयमा किसानले मल नपाउनु र उत्पादित धानको उचित मूल्य नपाउनु गम्भीर समस्या भएको उल्लेख गर्दै तत्काल समाधानका लागि सरकारसँग माग गरे।
कांग्रेस कैलालीले पत्रकार सम्मेलनमार्फत रासायनिक मलको सहज आपूर्ति, धानको उचित मूल्य निर्धारण, प्रभावकारी अनुगमन तथा कृषि अनुदानको दायरा फराकिलो बनाउनुपर्नेलगायत छबुँदे माग अघि सारेको छ।

सरकारले बेवास्था गरे निरन्तर किसानका पक्षमा अवाज बुलन्द गर्ने समेत कांग्रेसका नेताहरुले बताए । कार्यक्रममा नेपाली कांग्रेस निकट किसान संघका नेताहरू तथा पार्टीका नेताहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.