कञ्चनपुरमा बालुवा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

कञ्चनपुर  : कञ्चनपुरमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लालझाडी गाउँपालिका–३ बल्मीस्थित सडक किनारमा बुधबार राति भे २ त ८०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा परी पुनर्वास नगरपालिका–८ खड्डा निवासी ३२ वर्षीय अजय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर उत्तानो अवस्थामा पल्टिँदा चालक सिटमुनि च्यापिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.