धनगढीमा एमसीसीविरुद्ध प्रदर्शन

धनगढी : धनगढीमा शनिबार युवाहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। कैलालीका विभिन्न स्थानसहित धनगढीमा ६ दललसहितको २ मोर्चाले संयुक्तरुपमा विरोध प्रदर्शन गरिरहेका हुन्। धनगढी ट्राफिक चौराहबाट सुरु भएको विरोध र्याली पार्कमोड पुगेर समापन भएको हो ।

एमसीसी संसद्बाट पारित भएपछि उनीहरुले आफूहरु सडक र विरोधमै रहेको बताएका छन्। एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका हुन्। विरोध प्रदर्शन कार्यक्रममा युवा संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.