म्यादी प्रहरी छनोटका लागि स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा

अत्तरिया : धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी उच्च माविको खेल मैदानमा बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीका लागि सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको छ।

उक्त खेल मैदानमा युवती, महिलाहरुको सामान्य स्वास्थ्य तथा शारिरिक तन्दुरुस्ती परीक्षा गरिएको हो। इन्सपेक्टरको कमाण्डमा खटिएका सुरक्षाकर्मीले खेल मैदानमा उनीहरुको उचाई, पसअफ, दौड गराएका थिए।

बुधवार विहान खेलमैदानमा म्यादीमा फाराम भरेका महिला, युवतीहरु लाईनमा लागेका थिए। लाईनमा कोही निराश थिए भने कोही खुसीले दंग थिए। प्रहरीले लाईनमा लागेकाहरुलाई पालैपालो उचाई नापेका थिए। उचाई कम हुनेलाई भने लाईनबाट पहिले नै बाहिर निकालेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.