गौरीगंगामा काँग्रेसले गठबन्धन नगर्ने निर्णय

अत्तरिया, २९ चैत : आसन्न बैशाख ३० गते हुने निर्वाचननका लागि केन्द्रमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने निर्णय गरेका वेला जिल्लामा काँग्रेसीहरु गठबन्धन नगर्ने निर्णय गरीरहेका छन् ।
मंगलबार कैलालीको गौरीगंगा नगरपालिकामा काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो । काँगेस गौरीगंगा नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पठाएको पत्रमा भनिएको छ । ‘केन्द्रिय कार्यसमिति र जिल्ला कार्य समितिको सहमतीप्रति गौरीगंगा नगर समितिको मंगलबार बसेको बैठकको ध्यानकर्षण भएको छ ।’ गौरीगंगामा गठबन्धन आवश्कता नरहेको काँग्रेस क्षेत्र, प्रदेश र केन्द्रलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।


नगरसभापति पहल विक्रिम चन्द र सचिव हेमन्तराज जोशी (बाजे) द्वारा हस्ताक्षरित विज्ञप्तिमा आसन्न बैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन गर्दा पदीय भागबण्डा र काँग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन निरास छाउँदै गएको सिंगो नगरमा काँग्रेस एकजुट, एकत्रित भई गठबन्धनको आवश्यकता नरहेको उल्लेख गरेको छ ।
यस्तै, एक्लै चुनाव प्रतिस्पार्धामा जादा सम्मानजनक सफलता प्राप्त हुने हुँदा नगरको कुनै पनि वडा\नगरमा कुनै प्रकारका गठबन्धन स्वीकार्य नहुने बताएको छ । सोमबार मात्र जिल्लाको घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.