‘प्रमाणले अयोग्य ठहर गरे एक मिनेटमै राजीनामा दिन्छु’ : डा. भीमबहादुर चन्द

अत्तरिया  : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार डा. भीमबहादुर चन्द ले आफूविरुद्ध भइरहेको विरोध र राजीनामाको मागप्रति प्रतिक्रिया जनाउँदै चिकित्सा शिक्षाविद् डा. गोविन्द केसी लाई खुला पत्रमार्फत तथ्य र प्रमाणका आधारमा आफ्नो योग्यता चुनौती दिन आग्रह गरेका छन् ।

उनले खुला प्रतिस्पर्धाबाट पहिलो स्थानमा छनोट भएर नियुक्त भएको उल्लेख गर्दै पाँच दिन पनि काम गर्न नपाउँदै राजीनामा मागिनु अन्यायपूर्ण भएको बताएका छन् । यदि आफ्नो नियुक्ति कानुन विपरीत भएको वा आफू अयोग्य भएको निष्पक्ष छानबिनबाट प्रमाणित भए एक क्षण पनि पदमा नबस्ने स्पष्ट पारेका छन् ।

डा. चन्दले शिक्षा मन्त्रालयको सार्वजनिक विज्ञापन अनुसार १९ जना प्रतिस्पर्धीमध्ये मूल्यांकन प्रक्रियाबाट पहिलो स्थानमा छनोट भएको दाबी गर्दै आफू कुनै राजनीतिक पहुँच, पारिवारिक प्रभाव वा बन्द कोठाको निर्णयबाट नियुक्त नभएको बताएका छन् ।

उनले खुला पत्रमा डा. केसीसँग केही महत्वपूर्ण प्रश्न पनि उठाएका छन् । ‘अन्य उम्मेदवार योग्य हुने तर पहिलो स्थानमा छनोट भएको म मात्रै अयोग्य कसरी भएँ ।’ भन्दै उनले नियुक्तिमा कानुनी वा प्रक्रियागत त्रुटि भए त्यसको प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो विगतको कार्यकालमा कुनै अनियमितता वा स्वार्थको द्वन्द्व रहेको प्रमाणित भए निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् । “तथ्यसहित छानबिन गरियोस्, म त्यसको सामना गर्न पूर्ण रूपमा तयार छु,“ उनले लेखेका छन् ।

पत्रमा उनले आफू सुदूरपश्चिमको सामान्य किसान परिवारबाट संघर्ष गर्दै चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन र संस्थागत नेतृत्वमा झण्डै तीन दशक बिताएको उल्लेख गरेका छन् । जन्मभूमिकै कारण आफूलाई अन्याय गर्न खोजिएको संकेत गर्दै उनले सुदूरपश्चिमका योग्य नागरिकले आफ्नै प्रदेशको संस्थाको नेतृत्व गर्न नपाउने हो भन्ने प्रश्न उठाएका छन् ।
उनले पाँच दिनमै आफ्नो कार्यक्षमता कसरी मूल्यांकन गरियो, आफूले कुन निर्णयमा अनियमितता गरेँ वा विश्वविद्यालयको हितविपरीत के काम गरेँ भन्ने प्रश्न गर्दै काम गर्ने अवसर नै नदिई योग्यता र नियतमाथि प्रश्न उठाउनु न्यायसंगत नभएको बताएका छन् ।

डा. चन्दले डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानप्रति सम्मान व्यक्त गर्दै आरोप लगाउँदा तथ्य, प्रमाण र निष्पक्षताको आधार अपनाउनुपर्ने बताएका छन् । प्रमाणबिना व्यक्तिको दशकौँको अनुभव र खुला प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई अस्वीकार गर्नु सुधार नभई अर्को प्रकारको अन्याय भएको उनको भनाइ छ ।

साथै उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद, शिक्षामन्त्री र नेपाल सरकारलाई पनि आफू अयोग्य भएको ठहर भए त्यसको स्पष्ट लिखित आधार उपलब्ध गराउन आग्रह गरेका छन् । “सरकारबाट ’डा. भीमबहादुर चन्द रजिस्ट्रार पदका लागि अयोग्य छन्’ भन्ने लिखित निष्कर्ष प्राप्त भएको एक मिनेटभित्र म राजीनामा दिनेछु,“ उनले उल्लेख गरेका छन् ।
पत्रको अन्त्यमा उनले “व्यक्ति होइन, प्रक्रिया हेरौँ; पूर्वाग्रह होइन, प्रमाण हेरौँ; जन्मस्थान होइन, योग्यता हेरौँ; आरोप होइन, काम र परिणामका आधारमा मूल्यांकन गरौँ“ भन्ने आग्रह गर्दै डा. गोविन्द केसीलाई आफ्ना प्रश्नको सार्वजनिक र तथ्यपरक जवाफ दिन अनुरोध गरेका छन् । यसको उत्कृष्ट शिर्षक बनाउनुपर्यो

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.