रेडक्रस अत्तरिया शाखाको सभापतिमा पुन : डा.मौनी
अत्तरिया, ३० चैत : नेपाल रेडक्रस सोसाइटी उप– शाखा अत्तरिया को सभापति मा पुनः डा. नरबहादुर मौनी चयन भएका छन् । बुधबार सम्पन्न भएको साधारण सभाले २ बर्ष को लागि मौनी सहित ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
यस्तै समिति को उपसभापतिमा मन्जु साँउद, सचिबमा भरत खड्का, कोषाध्यक्षमा कमल कडायत चयन भएका छन् । यस्तै गरी उप– सचिवमा धर्मराज भट्ट, उप–कोषाध्यक्षमा विक्रम विक, महिला सदस्यमा ममिता अधिकारी चयन भएका हुन् ।
अन्य सदस्यहरुमा कर्णबहादुर बोगटी, शेरबहादुर सिंह, हरिप्रसाद ओझा र सारदा केसी रहेका छन् । संस्थाका झन्डै ३ सय आजिबन सदस्य रहेका छन् । सभापति चयन भएपछि डा. मौनी ले आफ्नो दोस्रो कालमा संस्थालाई चलायमान बनाउने बताए । संस्था को अहिले अत्तरिया पुर्ब रोडमा आफ्नै ५ कोठे भबन समेत बनेको छ । पछिल्लो समयमा रेडक्रस अत्तरिया शाखाले आफ्ना गतिविधि बढाएको छ ।