बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका विरुद्ध मुद्दा दर्ता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-४ का स्थानीय जगत कुँवरविरुद्ध बालयौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। सोही ठाँउकी ११ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ५३ वर्षीय कुवरमाथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक कारबाही हुने बताए।

‘बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका व्यक्ति माथि जाहेरी आएपछि आज मुद्दा दर्ता भएको छ’ उनले भने। ‘म्याद थप गरेर कारबाही प्रक्रियामा पनि अघि बढी सकेको छ ।’ पीडित बालिकाले दिएको जाहेरीमा बुधबार करिब १स्३० बजे घरमै आएर संवेदनशील अङ्गमा छोएर जबरस्ती गर्न खोजेको उल्लेख गरिएको छ। कुवँरलाई बुधवार नै पक्राउ गरी वडा प्रहरी कार्यालय धनगढीले हिरासतमा राखेको थियो।
उनी पक्राउ परेपछि उनका आफन्तहरूले पीडित परिवारहरूलाई अश्लील शब्द प्रयोग गरी गाली बेइज्जतीसहित कुटपिट गर्न गएपछि छिमेकीले जोगाएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.