कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आयोग तत्पर छ : आयुक्त तुलाधर
धनगढी : निर्वाचन आयुक्त डा. जानकी तुलाधरले संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताएकी छन् । आयोगले शनिबार धनगढीमा आयोजना गरेको मिडिया अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उनले आयोग आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताएकी हुन् ।
आयुक्त तुलाधरले स्थानीय तहको निर्वाचन सफल रुपले सम्पन्न गर्न आयोग तालिकानुसार अगाडि बढिरहेको बताइन् । ‘सबै एकताबद्ध भएर यो निर्वाचन सफल पार्नुपर्छ’, उनले भन् ि।बदर मत सङ्ख्या घटाउन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनको भनाई थियो । निर्वाचन सफल पार्नमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने आयुक्त तुलाधारले चर्चा गरिन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चारजगत र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता बारेमा प्रस्तुति गरेका हुन् । उनले सबै राजनीतिक दलसँग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरिे ।
यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गरे । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उनले भने । कुनै पनि दल, नेताका पक्षमा लबिङ गर्नु आचारसंहिताको उलङ्घन रहेको उल्लेख गर्दै सदस्य जोशीले त्यस्तो नगर्न पत्रकारलाई आग्रह गरेका थिए । यस्तै नेपाल पत्रकार महासंघका महासचिव सुमन पुरीले पनि पत्रकार आचारसंहिताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रबारेमा जानकारी गराउनुभयो । स्थानीय तहको निर्वाचन निर्देशिकाअनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको उहाँले बताउनुभयो । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छफाइ भएको छ’, उहाँले भन्नुभयो ।