अछामका ३ स्थानीय तहमा गठबन्धन नगर्ने

अछाम : सत्ता गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली काँग्रेस अछामका ३ पालिकाका समितिले निर्णय गरेका छन् । वैशाख १ गते नेपाली काँग्रेस रामारोशन कार्यसमितिले गठबन्धन नगर्ने भनेर निर्णय गरेको २ दिन पछि शनिवार नेपाली काँग्रेस चौरपाटी गाउँ कार्य समिति र साँफेबगर नगर कार्यसमितिले संयुक्त रूपमा बैठक बसी गठबन्धन नगर्ने निर्णय गरेका हुन ।

सत्ता गठबन्धनको मर्मलाई आत्मसात् गर्दा २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रले गरेको निर्णय अनुसार मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई कायम राख्ने भन्ने तर्क अनुसार स्थानीय स्तरको मत सर्वेक्षण लाई आधार मान्दा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पक्षमा जनमत न्यून भएकोले अछाम जिल्ला साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा गठन नगर्ने पत्रमा उल्लेख गरिएको छ ।

मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्षको पदको सिट नेपाली काँग्रेसको पक्षमा सुरक्षित गर्दै जनमत जनआवाज, जना धार र नेता, कार्यकर्ताको अभिमतको कदर गर्दै सत्ता गठबन्धनका अन्य दलहरूले आवश्यकता भन्दा बढी गरेका महत्त्वाकाङ्क्षा लाई स्वीकार गर्न नसकिने र ठुलो दल नेपाली काँग्रेसले गरेको निर्णय स्विकारेको खण्डमा गठबन्धन कायम राखी अघि बढ्ने र अन्यथा नहुने चौरपाटी गाउँ कार्यसमिति सभापति धर्म बहादुर साउद र साँफेबगर नगर कार्यसमिति सभापति लाल बहादुर कुँवर बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.