रोजगारीका लागि उत्पादन क्षेत्रमा लगानी लगाउन जोड
अत्तरिया, ४ बैशाख : पछिल्लो समय नेपालमा वेरोजगारीको समस्या तिब्र भएको छ । अझ सुदूरपश्चिममा वेरोजगारी समस्या विकराल छ । रोजगार नपाउँदा यहाँका युवाहरु भारतमा सस्तो श्रम बेच्न बाध्य छन् । कृषिका साधनहरु सहज नहुँदासम्म बेरोजगारी समस्या नटर्ने सुदूरपश्मिाञ्चल एकेडेमीमा अध्ययापन गराउँदै आएका टंकप्रसाद जोशीले बताए । ‘नेपालमा ६३ प्रतिशत कृषिमा संलग्न रहेका छन् । तर, कृषि उत्पादन सामग्रीहरु जस्तै बीउ, मल लगायत सहज उपलब्ध हुँदैन्’, उनले भने । ‘अर्को कुरा सरकारले विभिन्न शिर्षकमा दिने अनुदान वास्तविक व्यक्तिले नपाउने हुँदा समस्या हुने गरेको छ ।’
आईतबार धनगढीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजनामा गरेको अन्र्तक्रिया कार्यक्रममा जोशीले माथिको कुरा व्यक्त गरेका हुन् ।
उनले सुदूरपश्चिममा रोजगार उपलब्ध गराउनका लागि पर्यटन र उद्योगमा जोड दिनुपर्ने सुझाए । ‘प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडमा केवलकार सञ्चालन भएमा धेरैले रोजगार पाउने थिए’, उनले भने । नागरिक समाजका तर्फबाट प्रमोद पाठकले उद्योग खोल्ने वातावरण सरकारले बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले कृषिमा अनुदान दिएर मात्र बेरोजगारी समस्या हल नहुने बताए । दक्ष जनशत्तिको पनि आवश्कयता रहेको औलाए । यस्तै घरेलु तथा साना उद्योग महासंघका प्रदेश सचिव झुम अधिकारीले स्थानीय सरकारले रोजगारको सवालमा कुनै पनि कार्य गर्न नसकेको बताए ।
कार्यक्रमाम धनगढीको सारथी अस्पतलाका सञ्चालक वेदप्रकाश जोशीले दक्ष स्वास्थ्यकर्मीहरु विदेशीदा अस्पताल सञ्चालन गर्न समस्या रहेको गुनासो गरे । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कामको सम्मान हुन नसक्दा समस्या हुने गरेको बताए । ठूलो पोष्टमा भएकारुले तल्लो पोष्टमा भएकाहरु आदेश मात्र गराउन जानेका छन् तर, काम नगर्ने प्रवृत्तिको विकास हुँद गएको उनले उल्लेख गरे । उनले रोजगारी दिने शिलाशिलामा स्थानीय सरकार बलियो हुनु आवश्यक रहेको औल्याए ।
कार्यक्रममा श्रम, तथा रोजगार मन्त्रालयका उप–सचिव एकदेव अधिकारीले नेपालमा भएको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सुदूरपश्चिममा भएको अवस्थाका बारेमा निजी क्षेत्रको तर्फबाट कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्याक्ष पुष्कर ओझाले आफ्नो प्रस्तुति राखेका थिए ।