बझाङमा श्रीमान\श्रीमतीनै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्ने लाईनमा

बझाङ : बझाङ वित्थडचिर गाउँपालिकामा श्रीमान श्रीमतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकांक्षा देखाएका छन्। वित्थडचिर गाउँपालिका–९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्टले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती राजेश्वरी ऐर बिष्टले उपाध्याक्षका लागि नेकपा एमालेबाट आकाङ्‌क्षी देखाएका हुन्।

आकाङ्‌क्षी वडाध्यक्ष बिष्ट परिवारको नाम नेकपा एमाले वित्थडचिर गाउँ कमिटीले सिफारिस गरी जिल्ला पठाउने तयारी गरेको छ। दुबै जनाले आकाङ्‌क्षी देखाएपछि समाजिक सञ्जालमा चर्चा चुलिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.