न्यायसम्पादनलाई राजनीति आँखामा हेर्नुहुदैन् : उपमेयर कडायत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अन्र्तगत रहेको न्यायक समितिले आफ्नो पाँच बर्षमा गरेका कामहरु सार्वजनिक गरेको छ । गोदावरी नगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७४÷०७५ देखि २०७८÷०७९ सम्म का न्यायीक समितिले गरेका काम सार्वजनिक गरेको हो ।
पाँच बर्षमा ३ सय ७५ मुद्दा दर्ता भएको नगरपालिका उप–मेयर तथा न्यायिक समिति संयोजक रत्ना कडायतले बताईन् । दर्ता भएका मुद्धाहरुमा फछ्यौट विवाद संख्या ३ सय ५७ छन् । हाल प्रकृयामा रहेका विवादको संख्या १८ रहेका छन् ।
पाँच बर्षमा नगरमा सबै भन्दा बढी जग्गा विवादका मुद्धा बढी आएका छन् । आब २०७४–७५ देखि हाल सम्म १ सय ६८ वटा मुद्दा जग्गा विवाद सम्बन्धि रहेका छन् । यस्तै महिला हिँसा सम्बन्धी ५२ वटा मुद्दाहरु दर्ता भएका छन् । यस्तै, गरी लेनदेन सम्बन्धी बिबाद ४४ वटा, कुटपिट र गालीगलौच सम्बन्धी २० वटा, बाटो बिबाद सम्बन्धी २३ वटा मुद्दाहरु न्यायिक समितीमा आएको हुन् । न्यायिक समितिमा मुद्धा दर्ता सुरुका बर्षको भन्दा पछिल्लो बर्षमा बढेको देखिन्छ । पहिलो आर्थिक बर्ष अर्थात २०७४÷०७५ मा ६८ वटा मुद्धा दता भएका थिए । ती मुद्धामा ५१ वटा मेलमिलाप, १७ वटा प्रक्रियामा रहेका छन् ।

गोदावारीमा न्याय सम्पादनका ५ बर्ष : ३७५ मुद्धा दर्ता, ३५७ फछ्यौट

यस्तै, आर्थिक बर्ष २०७५÷०७६ मा ७१ वटा मुद्धा दर्ता भएकोमा ६५ वटा मेलमिलाप ६ वटा प्रक्रियामा रहेका छन् । त्यस्तै गरी आर्थिक बर्ष २०७६÷०७७ मा ८४ वटा मुद्धा दर्ता भएकोमा ५९ वटा मेलमिलाप, २५ वटा प्रक्रियामा रहेका छन् । न्यायक समिति संयोजक कडायतका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा एक सय ३६ वटा मुद्धा दर्ता भएकोमा ९३ वटा मेलमिलाप र ४३ वटा प्रक्रियामा रहेका हुन् । यस्तै, गरी आर्थिक बर्ष २०७८÷०७९ मा एक सय ७ वद्धा मुद्धा दर्ता भएकोमा ८९ वटा मुद्धा मेलमिलाप र १८ वटा मुद्धा प्रक्रियमा रहेको जनाएको छ ।


न्यायसम्पादनलाई राजनीति आँखामा हेर्नुहुदैन्
पाँच बर्षमा गरेको सार्वजनिक कार्यक्रममा नगरपालिकाकी उपमेयर तथा न्यायक समिति संयोजक रत्ना कडायतले आफु निर्वाचित भएर आउँदा कुनै स्रोत साधन विना नै काम गर्नु परेको बताईन् । ‘सुरुमा निर्वाचित भएर आउँदा बस्ने कुर्सी समेत थिएन््’, मंगलबार नगरपालिका कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले भनिन् । ‘त्यसका बावजुद पनि नगरवासीलाई न्यायको अनुभूति दिलाउन सफल भएको छु ।’ उनले नगरपालिकाको १२ वटै वडामा मेलमिलाप केन्द्रबाट विभिन्न मुद्धाहरुमा बहस हुने गरेको बताईन् । दुई बर्षमा कोरोनाले काम गर्न नपाए पनि जनपक्षीय काम गर्नका लागि आफु जहिले पनि प्रतिबद्ध रुपमा लागेको उनले बताईन् । मेलमिलाप केन्द्रलाई व्यवस्थापन गर्न सजिलो रहेको उनले बताईन् । ‘नगरका ३,४ र १२ वडामा मेलमिला केन्द्र व्यवस्थित गर्न सकेको छैन्’, उपमेयर कडायले भनिन् । ‘बाँकी रहेको वडाहरुमा व्यवस्थापन भएको छ ।’ मेयर कडायतले न्यायक समितिलाई फराकीलो बनाउनका लागि अधिकार क्षेत्र पनि बढाउनुपर्ने औल्याएन् । ‘सिमित अधिकार दिएका छन् । त्यसमा पनि हाम्रो पहिलो बर्ष भएको हुँदा ज्ञान नहुँदा समस्या भएको छ’, उनले भनिन् । ‘कानुन अधिकृत विना नै जनताको पक्षमा न्याय गरेको हुँ ।’ उनले न्यायसम्पदानलाई समेत आफुले कहिले पनि राजनीति आँखामा नहेरेको बताईन् । ‘पाँच बर्षमा पीडितका पक्षमा लडेको छु । कुनै क्षेत्र, जात रङ कहिले हेरेन ।’ उपमेयर कडायतले न्याय सम्पदानलाई राजनीति आँखामा हेर्ननहुने बताईन् । आफुहरुको पाँभ बर्षीय कार्यकालमा नगरपालिकाबाट न्याय पाईन्छ भन्ने कुरा स्थापित भएको बताएकी उनको भनाई छ । ‘सिमित अधिकारका बीच हामीले न्याय सम्पादन पाँच बर्षमा सन्तोषजनक रुपमा गरेका छौं ।’, उनले भनिन् ‘सुरु–सुरुमा कसरी गर्ने अलमल भए पनि विस्तारै हामीले पनि सिक्दै गयौँ र कसैलाई अन्याय हुने गरी निर्णय गरेका छैनौ,’ उनले भनिन् ।
उनले पाँच बर्षमा धेरै जसो मुद्धाहरुमा मेलमिलाप गरेर पठाएको ताईन् । मेलमिलाप हुन नसकेको मु्द्धाहरु इजालस मै लगेर दुबै पक्ष बीच छलफल गर्ने गरेको उनको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.