बझाङमा तीन दलीय गठबन्धमा यसरी मिल्यो भागबण्डा, कुन पालिका कसलाई ?

बझाङ : बझाङमा तीन दलीय गठबन्धनले आज भागवण्डा मिलाएको छ । लामो समयको संघर्षपछी गठबन्धनभित्र भागबण्डा मिलेको छ । १२ वटा पालिका रहेको बझाङमा तीन दलले आज दिउसो भागवण्डा मिलाएका हुन् । १२ वटा पालिका मध्ये ७ पालिकामा नेपाली काँग्रेस, ३ पालिकामा एकिकृत समाजवादी र २ पालिकाको प्रमुख नेकपा माओवादी केन्द्रले पाएका छन् ।
लामोसमयको छलफलपछि दलहरु सहमतिको टुङ्गोमा पुगेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य देविजंग बहादुर सिंहले बताए । अहिले फेरी गठबन्धनमा रहेका दलहरुवीच अन्तिम सहमती पत्रमा दलहरुवीच हस्ताक्षर गर्नका लागी बैठक बस्ने नेताहरुले बताएका छन् । सिट बाँडफाँटमा सहमति भईसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने उनको सिंहले बताए ।
१२ वटा पालिका मध्ये नेपाली काँग्रेसको भागमा ७ प्रमुख र ६ उपप्रमुख परेका छन् । माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेकाछन्, भने एकीकृत समाजबादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेका छन् । नेपाली काँग्रेसले दुई नगरपालिकासहित ५ गाउँपालिका पाएका छ । उसले जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका मा भाग पाएको हो ।
त्यसैगरी एकिृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । माओवादी के्रन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.