एकीकृत समाजवादी पुनर्वासबाट मेयर पदमा ४ र उपमेयर पदमा ३ जनाको उम्मेदवारी
हरिलाल जोशी
पुनर्वास, ८ बैशाख : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै सबै दलहरुलाई यतिबेला उम्मेदवार छनौट गर्न निकै सकस देखिएको छ ।
बुधबार बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले पुनर्वास नगरपालिकाका लागि मेयर पदका लागि ४ जना र उपमेयरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
मेयर पदमा आरपी सार्की, स्थिर प्रसाद घिमिरे, पुर्णा कुमारी गुरुङ र जीवनराज थापाको नाम सिफारिस भएको छ। त्यस्तै उपप्रमुखमा टेक बहादुर थापा, पार्वती हमाल र दिलिप तामाङको नाम सिफारिस भएको एकीकृत समाजवादी पार्टी पुनर्वास नगर कमिटीले जनाएको छ ।
गठबन्धन हुने पक्का भएपछी पुनर्वास नगरपालिकामा मेयर पद एकीकृत समाजवादीको भागमा पर्ने निश्चित छ । चार जना मध्ये मेयर पदमा पुनः अहिलेकै मेयर जिवनराज थापाकै चर्चा बढी सुनिने गरेको छ । उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पनि हुन् त्यसैले पनि उनी मेयरका उम्मेदवार हुने सम्भावना बढी देखिन्छ ।