एउटै कोठामा भए पनि शिष्टाचार समेत गरेनन् लेखराजले प्रचण्डलाई

अत्तरिया : धनगढी विमानस्थलको विशिष्ट कक्षमा बिहीबार नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व मा‌ओवादी नेता हाल नेकपा एमालेका सचिव लेखराज भट्ट सँगै थिए।
अध्यक्ष प्रचण्ड काठमाडौँबाट पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थल पुगेका थिए भने एमाले सचिव भट्ट गृहक्षेत्रबाट संघीय राजधानी फर्कनका लागि विमानस्थल पुगेका थिए।

संयोगले दुवैको समय एउटै पर्‍यो र विमानस्थलको विशिष्ट कक्षमा भेट भयो । तर, न त सामान्य शिष्टाचार भयो, न त बोलचाल नै। लेखराज भट्ट झण्डै आधा घण्टा पहिले विमानस्थलको विशिष्ट कक्षमा प्रवेश गरेका थिए। उनीसँगै अर्का एमालेका नेता कर्ण थापासहित केही कार्यकर्ता थिए।

लगत्तै माओवादी अध्यक्ष प्रचण्ड काठमाडौँबाट आइपुगे र समर्थकसहित विशिष्ट कक्षभित्र प्रवेश गरे। एमाले सचिव भट्टसहितका नेता विशिष्ट कक्षको एक क्षेउमा बसिरहेका थिए। प्रचण्ड लगायतका नेताहरू आएर अर्को छेउमा बसे । दुवैबीच देखादेखसम्म भयो तर कोही कसैसँग एक शब्द पनि बोलेनन्।

प्रचण्डको पत्रकार सम्मेलन सुरु भएपछि उनी आफ्ना कुरा राख्न थाले । लेखराजसहितका नेताहरूले उनका कुरा सुनिरहे। १५ मिनेटपछि प्रचण्ड सम्मेलनमा बोलिरहेकै बखत लेखराज भट्ट लगायतका नेताको प्लेन उड्ने समय भएपछि एक छेउबाट विशिष्ट कक्षबाट बाहिरिए।

जनयुद्धको सुरुवातदेखि नै सँगै रहेका र प्रचण्डको विश्वासपात्र समेत रहेका लेखराज भट्ट हाल नेकपा एमालेमा गएपछि उनीहरूबीच न त बोलचाल छ, न त भेटघाट।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.