यस्ता छन् धनगढीको स्वतन्त्र मेयरका उम्मेदवार गोपाल हमालका मुख्य एजेण्डाहरु
धनगढी,९ वैशाख : धनगढी उपमहानगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमालले आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।
शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार,लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा समेत सबैमा आग्रह गरेका छन् ।
उनले धनगढीलाई आगामी पाँच वर्षमा मुलुककै सुन्दर,समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डामा राखेका छन् । हमालले धनगढी उपमहानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त, बनाइनेदेखि लिएर धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याउने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका हुन् । उनले थारु समुदायको देवथान संरक्षण देखि पर्यावरणीय सहर बनाउन आफ्नो योजनामा राखेका छन् । उनले कुनै एक दलको उम्मेदवार नभएर सम्पूर्ण धनढीवासीको मेयर बन्ने पत्रकार सम्मेलनमा बताएका छन् ।
आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।


