सहकारी अभियन्ता बमको काँग्रेसबाट गौरीगंगाको मेयरमा दावी
धनगढी : समाजसेवी एसवम सहकारी अभियन्ता भोजबहादुर बमले नेपाली कांग्रेसबाट गौरीगंगा नगरपालिकाको मेयरमा उम्मेदवारी दावी गरेका छन् । २०४९ साल देखि हालसम्म लगातार काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहँदै आएका बमले नगरपालिकालाई व्यवस्थित र भ्रष्टाचारमुक्त बनाउन मेयरमा आफ्नो दावी गरेका बताएका छन् ।
सामाजिक क्षेत्रको अनुभवका आधारमा गौरीगंगा नगरपालिकालाई सुन्दर र व्यवस्थित विकासको बाटोमा अघि बढाउने आफ्नो उदेश्य रहेको उनले बताए । वैशाख ३० गते स्थानीय तहको निर्वाचन भैरहेको छ । गौरीगङ्गाको मेयरमा जितेपछि भ्रष्ट्राचार मुक्त नगरपालिका, प्रविधि युक्त र स्मार्ट गौरीगंगा नगरपालिका बनाउने लक्ष्य रहेको बताए । बम लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् भने यस अघि राष्ट्रिय सहकारी महासङ्घ नेपालमा पूर्व सञ्चालकका रूपमा पनि काम गरिसकेका छन् । बम नेपाली काँग्रेसको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, नेविसंघको पूर्व जिल्ला सदस्य, क्षेत्रीय सदस्यका पमा काम गरेको अनुभव छ । बम राष्ट्रिय सहकारी महासँघको पुर्व सञ्चालक र जिल्ला सहकारी सँघ कैलालीको सल्लाहकार सँयोजक हुन् ।