कैलालीमा जनमोर्चाका दुई विकल्प : सहमतिमा ६ वडाध्यक्ष नत्र प्रमुख उपप्रमुखमै उम्मेदवारी
अत्तरिया : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय भोलि र पर्सि तोकेको छ । तर, कैलालीमा आज सम्म पनि गठबन्धनका दलहरू बिच भागबन्डा मिल्न सकेको छैन ।
सत्ता गठबन्धन भित्रै रहेको जनमोर्चाले पनि कैलालीमा दुई वटा विकल्पमा आन्तरिक तयारी गरिरहेको छ । अहिले जनमोर्चाले कैलालीका १३ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहमा प्रमुख वा उपप्रमुखमा दाबी गरेको छैन । सहमतिको आधारमा जनमोर्चाले कैलालीका १२६ वडा मध्ये ६ वटा वडाध्यक्ष मागेको छ ।
गोदावरीको १२ र १ धनगढीको १३, घोडाघोडीको १०, लम्कीचुहाको ८ र जानकीको ५ नम्बर वडामा वडाध्यक्षको दाबी गरेको जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष नन्दराज भट्टकाले जानकारी दिए । उनले छ वडाध्यक्ष र अन्य वडाहरूमा पनि एउटा वडा सदस्य माग गरेको बताए ।
‘जनमोर्चाले सहमति नभएको अवस्थामा एकल रूपमा भए पनि निर्वाचनमा जना सक्ने विकल्पमा पनि छलफल प्रारम्भ गरेको छ । धनगढी उपमहानगर पालिका प्रमुखमा खडक बहादुर राना प्रमुख प्रमुखमा शोभामणि भट्टलाई जनमोर्चाले अघि सारेको छ । त्यस्तै गोदावरीको प्रमुखमा हरिकृष्ण पाण्डे र उपप्रमुखमा रेणुका विक, गौरीगङ्गा प्रमुखमा गङ्गाराम कँडेल र उपप्रमुखमा लक्ष्मी न्यौपाने रहेका छन् । त्यस्तै घोडाघोडीमा मेनुका खड्का प्रमुख, मेनुका सुनार उपप्रमुखका सिफारिस भएका छन् । लम्कीचुहामा मिलन शाही प्रमुख र हरिकला शाही उपप्रमुखमा सिफारिस भएका छन् जनकी गाउँपालिका प्रमुखमा रामकृष्ण रेग्मी सिफारिस भएका छन् ।