जसपा पार्टी द्वारा धनगढी उपमहानगको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा
धनगढी : सुदूरपश्चिममा सत्ता गठबन्धनबाट वाहिरिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले धनगढी उपमहानगरपालिकामा उम्मेदवारी घोषणा गरेका छ । शनिबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा गरेको हो ।
प्रमुखमा धनगढी उपमहानगरापलिका वडा नम्बर ३ का युवा कविन्द्र ऐर र उप–प्रमुखमा नन्दकली रानालाई अगाडि सारेको छ । रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ हो । मेयरका प्रत्यासी कविन्द्र ऐर व्यवसायी हुन् ।
उनी चाडै नै धनढीमा रिसोर्ट सञ्चालन गर्ने तयारीमा छन् । उनले धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पस, नेपाल वेष्टन कलेजमा अध्ययापन समेत गराएका थिए । मेयरका प्रत्यासी ऐरले आफुलाई धनगढीवासीले विश्वास गरेमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा फरक शैलीमा काम गरेर देखाउन दावी गरे । ‘धनगढीको माटोसंग खेलेको छु । यहाँको वस्तु स्थितिका बारेमा जानकार छु’, उनले भने । ‘यहाँका आवश्कता अनुसार काम गरेर देखाउने छु ।’ धनगढीको व्यवसायीको पक्षमा आफुले काम गर्ने शनिबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा उनले दावी गरे ।
जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट चैत २६ गते बाहिरिने घोषणा गरेका थियो । जसपाका सुदूरपश्चिम सांसद मालमती रानाका अनुसार आफुले अव सत्तागठबन्धन संग चुनावी तालमेल नगरेर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।