डोटीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

डोटी : स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए ।

माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ।त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.