गोदावरीको मेयरमा २ जना स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी

अत्तरिया : कैलालीको गोदावरी नगगरपालिकाको मेयरमा ९ जनाको उम्मेदवारी परेको छ । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा ७ जनाले दलबाट मेयरमा, २ जनाले स्वतन्त्र मेयरमा र ४ जनाले दलबाटै उपमेयरमा उम्मेदवारी दर्ता गरेका हुन ।
निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीका अनुसार मेयरमा नेकपा एमालेबाट गोकर्ण भट्ट, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बिरेन्द्र भट्ट, नेकपा माओवादीका तर्फबाट बिक्रम बिक, राष्ट्रिय जनमोर्चाबाट हरिकृष्ण पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गा कुमार पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट राम बहादुर मल्ल, लोकतान्त्रिक समाजवादी पार्टीबाट फकलु चौधरीले उम्मेदवारी दिएका छन । त्यस्तै स्वतन्त्रबाट मेयरमा टेक बिक र मिनी मल्लले उम्मेदवारी दिएका छन ।

त्यस्तै उपमेयरमा नेकपा एमालेबाट शारदा रोकाया, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रत्ना कडायत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माया बिष्ट र राष्ट्रिय जनमोर्चा पार्टीबाट कल्पना बरालले उम्मेदवारी दर्ता गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.