कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित
अत्तरिया : नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित भएका छन् । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो । त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेल्धुराका स्थानीय तहमा नयाँ पार्टी बाट उम्मेदवारी दिन लगाएका छन् ।
मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए । मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् ।