स्थानीय तह निर्वाचन २०७९ : कैलालीमा २५५८ जनाको उम्मेदवार

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा मनोनयन दर्ता गरिएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा दुई पाँच सय ५८ जनाले मनोनयन दर्ता गराएका छन् । कैलालीमा नगर प्रमुखमा ५३, अध्यक्षमा ४०, नगर उपप्रमुखमा ४०, उपाध्यक्षमा ३० जनाले मनोनयन दर्ता गराएका छन् भने वडा अध्यक्षमा छ सय १०, महिला सदस्यमा चार सय ५३, दलित महिला सदस्यमा तीन सय ८८ र सदस्यमा नौ सय ४३ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
सबैभन्दा कम दार्चुलामा मनोनयन दर्ता भएका छन् । दार्चुलामा विभिन्न पदमा सात सय ७० जनाले मनोनयन दर्ता गराएका हुन । दार्चुलामा नगर प्रमुखमा १०, अध्यक्षमा ३०, उपप्रमुखमा आठ, उपाध्यक्षमा २० जना रहेका छन् भने वडा अध्यक्षमा एक सय ७४, महिला सदस्यमा एक सय ३२, दलित महिला सदस्यमा एक सय २४ र सदस्यमा दुई सय ७२ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै कञ्चनपुरमा दुई हजार एक सय ९० जनाले मनोनयन दर्ता गराएका छन् । कञ्चनपुरमा नगर प्रमुखमा ६१, अध्यक्षमा १२, उपप्रमुखमा ४६, उपाध्यक्षमा १० जना रहेका छन् भने वडा अध्यक्षमा पाँच सय १३, महिला सदस्यमा तीन सय ८९, दलित महिला सदस्यमा तीन सय ५७ र सदस्यमा आठ सय दुई जनाले मनोनयन दर्ता गराएको जनाइएको छ ।
यस्तै अछाममा एक हजार पाँच सय १० जनाले मनोनयन दर्ता गराएका छन् । अछाममा नगर प्रमुखमा २०, अध्यक्षमा २९, उपप्रमुखमा २१, उपाध्यक्षमा २४ जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय २२, महिला सदस्यमा दुई सय ६८, दलित महिला सदस्यमा दुई सय ४९ र सदस्यमा पाँच सय ७७ जनाले मनोनयन दर्ता गराएका छन् ।
बैतडीमा एक हजार चार सय ८२ जनाले मनोनयन दर्ता गराएका छन् । बैतडीमा नगर प्रमुखमा २३, अध्यक्षमा २४, उपप्रमुखमा १६, उपाध्यक्षमा २३ जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय २७, महिला सदस्यमा दुई सय ६६, दलित महिला सदस्यमा दुई सय ५६ र सदस्यमा पाँच सय ४७ जनाले मनोनयन दर्ता गराएका छन् । बझाङमा विभिन्न पदमा एक हजार दुई सय ३१ जनाले मनोनयन दर्ता गराएका छन् । नगर प्रमुखमा आठ, अध्यक्षमा ४४, उपप्रमुखमा १०, उपाध्यक्षमा ३० जना रहेका छन् भने वडा अध्यक्षमा तीन सय चार, महिला सदस्यमा दुई सय चार, दलित महिला सदस्यमा एक सय ८६ र सदस्यमा चार सय ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।
डडेलधुरामा एक हजार ९० जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ । डडेलधुरामा प्रमुखमा १६, अध्यक्षमा ३०, उपप्रमुखमा १२, उपाध्यक्षमा २० जना रहेका छन् भने वडा अध्यक्षमा दुई सय ५१, महिला सदस्यमा एक सय ९१, दलित महिला सदस्यमा एक सय ७६ र सदस्यमा तीन सय ९४ जनाले मनोनयन दर्ता गराएका छन् ।
डोटीमा एक हजार छ जनाले मनोनयन दर्ता गराएका छन् । नगर प्रमुखमा १२, अध्यक्षमा २८, उपप्रमुखमा छ, उपाध्यक्षमा २४ जना रहेका छन् भने वडा अध्यक्षमा दुई सय २८, महिला सदस्यमा एक सय ६६, दलित महिला सदस्यमा एक सय ६७ र सदस्यमा तीन सय ७५ जनाले मनोनयन दर्ता गराएका छन् ।
बाजुरामा नगर प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका लागि आठ सय ३६ जनाले मनोनयन दर्ता गराएका छन् । बाजुरामा नगर प्रमुखमा १९, अध्यक्षमा २०, उपप्रमुखमा १६, उपाध्यक्षमा १७, वडा अध्यक्षमा दुई सय, महिला सदस्यमा एक सय ३८, दलित महिला सदस्यमा एक सय ३१ र सदस्यमा दुई सय ९५ जनाले मनोनयन दर्ता गराएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.