गोदावरीमा गठबन्धन नहुने, वडामा सबै दलका उम्मेदवार कायमै रहने
अत्तरिया : कैलालीको गोदावरीमा गठबन्धन नहुने भएको छ । उम्मेदवारी फिर्ता लिन केही समय मात्रै बाँकी रहेको छ । तर, काँग्रेसले वडा अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन मानेको छैन । काँग्रेसका क्षेत्र नम्बर ४ का सचिब जयराज फुलाराले अब गठबन्धन नहुने बताए।
उनले भने, ‘अहिले सम्म त्यस्तो केही तालमेल गर्ने कुरो भएको छैन । अब सबै पार्टीले उम्मेदवारी दिएका छौं । मेयर उपमेयरमा गठबन्धनको भाबना अनुरुप नै चल्छौँ ।’
यस्तै माओबादी केन्द्र प्रदेश कार्यालय का सचिब उदब भट्टराईले गोदावरीमा काँग्रेस सहितको गठबन्धनको सम्भाबना लगभग सकिएको बताए । ‘उँहाहरुले मान्नु भएन अब समाजबादी सँग हामी छलफल गर्दै छौँ हेरौ के हुन्छ’ उनले भने ‘अब मेयर उपमेयर मा भोट हाल्न हामी सँग उम्मेदवार भएनन्, वडा त हामी हाम्रा उम्मेदवार जिताउन तर्फ लाग्छौँ ।’
भट्टराईले यही अबस्थामा एमाले सँग भने तालमेल नहुने बताए । स्थानीय स्तरमा काँग्रेस सँग तालमेल नभएपनि गठबन्धनको भाबना अनुसार नै मतदान हुने उनले बताए ।