स्थानीय तह निर्वाचन २०७९ : उम्मेदवारको घरदैलो अभियान

अत्तरिया : स्थानीय तहको निर्वाचन नजकीएसंगै उम्मेदवारहरु घर दैलोमा व्यस्त भएको छन् । विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु घर–घरमा पुगेर मतदाताहरुलाई रिझाउने तल्लिन भएका छन् ।
कैलालीको गोदावरी नगरपालिका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरु विहान देखि साँझ सम्म मतदाताको घर दैलोमा व्यस्त हुने गरेका छन् । आफ्नो पक्षमा माहोल बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो सुरु गरेका हुन ।
गोदावरी नगरपालिका बाट काँग्रेस बाट मेयरका उम्मेदवारी दिएका विरेन्द्र भट्टले निर्वाचन समितिहरु वडा–वडामा चुनावी प्रचारमा जुटेको बताए । ‘नगरका १२ वटै वडामा प्रचारप्रचार समितिहरु घर दैलो अभियानमा छन्’, उनले भने । ‘घर दैलोमा मतदाताहरुलाई मत हाल्ने तरिका समेत सिकाई रहेका छौँ ।’ उनले विभिन्न ठाउँमा भेला मार्फत आफ्नो योजनाहरु समेत मतदाताहरु माझ राखिरहेको बताए । गोदावरीमा मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको हो । मेयर र उपमेयर भाग लगाए पनि वडामा भने चुनावी तालमेल हुन सकेन् । वडामा सबै दलका आ–आफ्नै उम्मेदवारहरु रहेका छन् ।

‘रुखमा छाप झ्याप झ्याप’ भन्ने नारासहित नेता कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका हुन् । काँग्रेसले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत वडा समितिहरु सक्रिय भएका छन् । तराईका घामको कुनै प्रवाह नै नगरी नेता कार्यकर्ताहरु अभियानमा छन् । पार्टीको सम्पूर्ण शक्ति चुनावमा लागेको उनले बताए ।
मेयरका प्रत्यासी भट्टले भने, ‘यस पटक गोदावरीमा काँग्रेसको विजय हासिल गर्ने निश्तित भइसक्यो । हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिने छ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थालिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना काँग्रेसमा रहेको छ ।’ प्राकृतिक सुन्दरताले भरिपूर्ण गोदावरी नगरपालिका विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरुले बोकेको उनको धारणा छ । यसैगरी गोदावरी बाट नै नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका गोकर्ण भट्टले समेत १२ वटै वडामा गठन गरेका प्रचार कमिटिहरुले घर दैलो अभियान तिब्र पारेको बताए ।
नगरवासीको हक अधिकार सुचिनिश्त गर्न आफूले आसन्न निर्वाचनमा उम्मेदवारी दिएको उनले बताए । ‘हाम्रो सरकार आएमा कसैले पनि भौकै र नाङ्गै हुनुपर्ने छैन । समाजमा शिक्षा, स्वास्थ्य, खानपान, रोजगार आदिको व्यवस्था अब एमालेको सरकारलेनै गर्ने छ’, उनले भने ।
यस अघि पनि गोदावरीमा जनताले एमालेनै चाहेको हुँदा आफूहरुले यति वेला पनि राम्रो मतपरिणामको अपेच्छा समेत गरिरहेको उनले बताए । घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागितामा अघि बढाइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.