कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घटनास्थलमै एक जनाको मृत्यु
कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना शिक्षकको ज्यान गएको छ। आइतबार जिल्लाको वेदकोट नगरपालिका ३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका १० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनी शुक्लाफाँटाको गर्जमुनिस्थित शिवशंकर माविमा कार्यरत शिक्षक थिए।