गेटा मेडिकल कलेजका लागि १५ हजार हस्ताक्षर प्रशासन मार्फत प्रधानमन्त्रिलाई बुझाइयो

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज यथासिघ्र संचालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई करिब १५ हजार हस्ताक्षर बुझाइएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत ‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले प्रशासन कार्यालयलाई हस्ताक्षर बुझाएको हो । शुक्रबार र शनिबार गरी दुई दिन हस्ताक्षर अभियान सञ्चालन अभियान सञ्चालन भएको थियो ।

हस्ताक्षर बुझाउँदै संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रस्तावित गेटा मेडिकल कलेज संचालनको मोडालिटी तत्काल बनाइनुपर्ने बताए । उनले ६ सय बेडको अस्पताल सहित यसलाई प्रतिष्ठानका रुपमा संचालन गरिनुपर्ने बताए ।

‘३ सय बेडको अस्पतालको कुरा पनि आइरहेको छ । हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन मार्फत हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । संघर्ष समितिले बिगत ५ दिन देखि प्रस्ताबित मेडिकल कलेजका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट बिनियोजन गरिनु पर्ने र प्रस्ताबित मेडिकल कलेज संचालनको मोडालिटी तय गरी ऐन कानुन बनाउनु पर्ने माग राख्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.