मोहना नदीमा डुबेर धनगढीका २ बालकको मृत्यु

अत्तरिया ; कैलालीको धनगढी उपमहानगरपालिका स्थित नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो चटकपुर–राजघाट जोड्ने पुलको मुनि मोहना नदीमा पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो। दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.