कक्षा १२ को परीक्षा आजदेखि

काठमाण्डौ : कक्षा १२ को परीक्षा आज (सोमबार) देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै शर्माले भने, ‘देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ।’

७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर० मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।

तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन्।

यसैबीच कक्षा ११ को परीक्षा पनि आजदेखि नै नै सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.