ताराको जहाज दुर्घटना : १४ जना यात्रुको शव भेटियो, पहिचान हुन कठिन
धनगढी : तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासाङ–२ मा १४ जना यात्रुको शव भेटिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १४ जनाको शव भेटिएको पुष्टि गरेको हो। तर ती सबै शवको पहिचान हुन नसकेको पनि प्राधिकरणले जानकारी दिएको छ।
हाल सम्म १४ जनाको शव भेटिएको र पहिचान हुन बाँकी रहेको छ ।
तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो। तारा एयरको जहाज दुर्घटना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन्।
चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।