नेल्टाको आयोजनामा गोदावरी हाटखोलिमा पशुहरुमा खोप

अत्तरिया, २६ जेठ : नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) नेपाल को ७ औं स्थापना दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिका–४ मा पशुहरुमा खोप र निःशुल्क औषधी वितरण गरेको छ ।

नेल्टा कैलालीका आयोजनामा भएको कार्यक्रममा नेल्टा सुदूरपश्चिम प्रदेश कार्यसमितिको सहकार्यमा गोदावरी नगरपालिका–४ हाटखोलीमा सम्पन्न भएको हो । संघकी उपाध्यक्ष संन्जु रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका–४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, नेल्टा सुदूरपश्चिम् प्रदेश अध्यक्ष लालबहादुर बोहरा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवा रहेका थिए ।

नेपालका पशुपंक्षी पालन गर्दै आएका किसानहरुको सेवामा समर्पित रहेका प्राविधिकहरुको पेशागत हकहित र पशुपञ्छी पालनलाइ व्यवसायीकरणका लागी सक्रिय भएर नेल्टा लागि परेको छ । सो अवसरमा दुई सय ५० जना किसानहरुलाई निःशुल्क औसधि वितरण गरेको हो । तीन सय बाख्रामा पिपिआर भ्याक्सिन र विभिन्न रोगले ग्रस्त बाख्राको औसधि उपचार गरिएको जानकारी नेल्टा प्रदेश सचिब हेमन्त राज जोशी( बाजे) ले जानकारी दिए ।

भरत कुँवर ले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन नेल्टा प्रदेश सचिब हेमन्त बाजे ले गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.