युवा नेता भट्ट ले मनाए बैवाहिक बर्षगाठ दृष्टि फाउण्डेसनमा
अत्तरिया : नेपाली काँग्रेसका जिल्ला सदस्य प्रेमराज भट्टले आफनो सातौँ औँ बैवाहिक बर्षगाठ धनगढीको दृष्टि फाउण्डेसनमा मनाएका छन् । फाउण्डेसनमा असाय व्यक्तिहरु बस्दै आएका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी घर भएका भट्टको गौरीगंगामा रहेका रोयल फिड इन्डष्ट्रिज समेत रहेको छ ।
व्यवसायी समेत रहेका भट्टले खाद्यान्न लगायतका सामग्राी उपलब्ध गराएका हुन । चामल, तेल, नुन लगायतका सामग्री उनी र उनकी धर्मपत्नी कृष्णा भट्टको सहभागितामा फाण्डेसनलाई खाद्यान्न हस्तान्तरण गराएका हुन् । प्रेम भट्टले आफ्नो बैवाहिक कार्यक्रम अत्तरिया स्थित सुदूरपश्चिम समावेशी विद्यालयमा खाद्यान्न लगायतका सामग्री दिँदै आएका थिए । उनी जन्मदिन, बैवाहिक बर्षगाठ लगायतका शुभकार्य यस्तै असायहरु संग मनाउने गरेका छन् ।
