छाउपडी प्रथा न्यूनीकरणका लागि गरिमा परियोजना
जगदीश रोकाया
बझाङ, १२ असार : समाजमा सामाजिककुरिती र विभेद रहेको बझाङ र बाजुराका केही ग्रामीण बस्तीमा गरिमा परियोजना लागू भएपछि समाज सुधार हुन थालेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका र बाजुराको खप्तड छेडदह गाँउपालिकामा यो परियोजनाले सात महिना देखि आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ ।
खप्तड छान्ना गाँउपाालिकाको वडा नम्वर ६ र ७ मा समुुदायस्तरमा पालिका भरिका ८ वटा विद्यालयमा परियोजनाले विभिन्न क्रियाकलाप गदैँ आएको छ ।
छाउपडी प्रथा अन्त्य गर्न भेदभाव रहित सुरक्षित महिनावारी र प्रजनन स्वास्थ्यमा पहुँच बृद्धि गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको परियोजनाका फिल्ड संयोजक विक्रम जोशीले जानकारी दिए । छान्नाको गडरायमा फिल्ड अफिस राखिएको छ । बाजुराको खप्तडछेडेदह गाँउपालिकामा पनि यो परियोजना लागु गरिएको छ । खप्तड छान्ना गाउँपालिका ७ का वडा अध्यक्ष रमानन्द जोशीले गरिमा परियोजनासंग मिलेर समाजमा रहेका कुरिति हटाउन सहकार्य गरि रहेको बताए
खप्तड छान्नाको छ र सात वडामा ३६ वटा आमा समुह र ३६ सासुु आमा समुह गठन गरि उनीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन लैगिक विभेद समाजिक कुरिति हटाउन पोषणमा सुधार गर्ने जस्ता जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
साथै पालिका भरीका ८ वटा विद्यायलयमा किशोरी समुह गठन गरि महिनावारी स्वच्छता सम्वन्धित जनचेतना दिने गरेको परियोजना संयोजक जोशीले जानकारी दिए । साथै विद्यालयको सर–सफाइ क्षेत्रको सुधारका लागी पनि परियोजनाले सहयोग गर्दै आएको छ । बाजुरा जिल्लाको खप्तडछेडदह गाँउपालिकामा पनि ९ वटा विविद्यालयमा सर–सफाइको क्षेत्रमा सहयोग गर्दै आएको छ । खप्तडछेड दह पालिकाको वडा नम्वर १ र २ मा पनि आमा सासु आमा समुह गठन गरि विभिन्न समाज सुधारका कार्यक्रम गर्दै आएको वताएको छ । तीन वर्ष सम्म लागुहुने यस परियोजना लाइ करुणा जर्मनी, करुणा ट्रष्ट, संघीय जर्मन सरकार, बिएमजेडको आर्थिक तथा प्रविधिक सहयोग रहेको छ ।
ग्रिनतारा नेपाल तथा रिड नेपाल द्वारा संचालन गरेको गरिमा परियोजनाले केहि वर्ष भित्र सामाजिक विभेद कुरिति बढी भएको सिमाना जोडिएका बाजुराको खप्तडछेडदह र बझाङको खप्तडछान्ना गाउँपालिकमा छाउपडी प्रथा न्यूनीकरण भइविभेद रहित समाज हुने अपेक्षा गरिएको छ ।