अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ३ मा एक बालकको बेवारिस शब फेला परेको छ । गोदावरी नदी किनार मा अन्दाजी ६–७ बर्ष को बालक अनुहार नचिनिने गरी शरीरमा कपडा नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बालकको शबलाई पोष्ट्मार्टमको लागि सेती अस्पतालमा राखिएको छ । घटनाको प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ