अत्तरिया : गोदावरी नगरपालिकाको अत्तरियामा एक पुरुष मृत भेटिएका छन्। अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका-४ का ३९ वर्षीय पदमसिंह धामीको शव फेला परेको हो।
उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।