अत्तरिया : कैलालीको गौरीगङ्गा नगरपालिका–१ स्थित चौमाला बहुमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको बसको ठक्करबाट साइकल यात्री गम्भीर भएका छन् ।
से ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसको ठक्करबाट दूूध बोकेर जाँदै गरेका साइकलयात्री गौरीगंगा नगरपालिका–२ कटानका ४६ वर्षीय खडक थापा गम्भीर भएका हुन । उनको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा उपचारको लागि पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा रिफर गरिएको छ ।
साइकलयात्रीलाई ठक्कर दिएर बससहित भागेका चालक धनगढी उपमहानगरपालिका–१ का दीप श्रेष्ठ र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित पाेस्टहरु