जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग

अत्तरिया, २ साउन : धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई खाद्यान्न लगायत लुगा कपडाहरु सहयोग गरिएको छ। जन्मदिनको अवसर पारेर खाद्यान्न लगायत लुगा कपडाहरु सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा अग्रसर हुँदै सोमबार दृष्टि फाउण्डेसन नेपालको छहारीमा रहँदै आएका मानसिक सन्तुलन गुमाएका दीदीबहिनी लगायत अनाथ बालबालिकाहरुलाई जन्म दिनको अवसरमा २५ हजार रुपैयाँ बराबरको लालपुर निबासी युवा ब्यबसायी, नेपाली कांग्रेस गोदावरी नगरपालिका वार्ड नम्बर ६ वडा कार्यसमितिका उपसभापति, जय मा दुर्गा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तथा रबिन ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर रविन्द्र थापाले आफ्नो जन्म दिनको अवसर पारेर खाद्यन्न लगायत लुगाकपडा सहयोग गरेका हुन ।

जन्म दिनको अवसरमा फुजुल खर्च गरेर मनाउनु भन्दा केही हद सम्म राहत होस भन्ने हेतुले आफुले यस्तो किसिमको सहयोग गरेको थापाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.